फाइल तस्वीर
काठमाडौँ, चैत ८ गते । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा हिउँदे अधिवेशनको पन्ध्रौं बैठक आज शुक्रबार सुरुभएको हो ।
आजको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखित प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने र सांसद मदनकुमारी साह ‘गरिमा’ले मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी सङ्कल्प प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।