फाइल तस्वीर
काठमाडौँ, चैत ८ गते । नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । काठमाडौँस्थित मध्यबानेश्वरको सनराइज क्याफेमा आज शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक डाकेको हो ।
बैठकमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी र नाउपाबीच पार्टी एकता गर्ने विषयमा छलफल हुने बताइएको छ । यी दुई पार्टीबीचको एकताको विषयलाई लिएर नाउपामा संस्थापक नेता रेशम चौधरी र पार्टी अध्यक्षबीच मतभेद रहेको छ । आजबाट सुरुहुने केन्द्रीय समितिको बैठकले मतमेदलाई अन्त्य गर्दै पार्टी एकढिक्का भएर अघि बढ्ने एक नेताले बताए ।
आजबाट सुरुहुने बैठकमा देशको वर्तमान समसामयिक राजनीतिक विषय र मोर्चाबन्दीका विषयमा पनि छलफल हुने भएको छ । दुईदिनसम्म चल्ले उक्त पार्टीको केन्द्रीय समितिको बैठक महाधिवेशन सम्पन्न भएको लामो समयपछि आज पहिलो पटक बस्न लागेको हो ।