काठमाडौँ, चैत ८ गते । सङ्घीय संसद्का विभिन्न तीन वटा समितिको बैठक आज बस्दै छ । आज अर्थ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति गरी तीनवटै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठक आज शुक्रबार बिहान ११ः०० बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एककीरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ः०० बजे नै बस्दैछ । सो बैठकमा तीनवटा एजेण्डामा छलफल हुनेछन् । समिति अन्तर्गतका उपसमितिहरुमा सदस्य थप तथा हेरफेर, विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा उपसमिति गठन र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
यसैगरी, आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा समितिमा प्राप्त उजुरी उपर छलफल हुने संसद सचिवालयले जनाएको छ ।