प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रामहरि खतिवडा ।
काठमाडौँ, चैत ७ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारवाही गर्न माग गर्नुभएको छ ।
प्रनिनिधिसभाको आज बिहीबार बसेको बैठकमा बोल्दै काङ्ग्रेस सांसद खतिवडाले पूर्वराजा शाहले संविधान विपरीत काम गरेका उहाँलाई कारबाही गर्न माग गर्नुभएको हो ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले प्रजातन्त्र दिवसका अवसरमा शुभकामनामा भिडियो सन्देश दिँदै पूर्व राजा शाहले शाही निशाना प्रयोग गरेको र श्री ५ को सरकार लेखेकाले पूर्वराजालाई शाहलाई कारबाही सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद खतिवडाले बैठकमा बोल्दै २०६५ जेठ १६ गते शाही निशाना हटाए पनि अहिलेसम्म त्यो प्रयोग गरेर संविधान विपरीत काम गरेको उल्लेख गर्नुहुँदै त्यो काम कसरी हुने अवस्था आयो भनि प्रश्न गर्नुभयो ।