काठमाडौँ, चैत ७ गते । प्रतिनिधिसभाको बैठक भर्खरै प्रारम्भ भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा अहिले बिहान ११:०० बजे बैठक प्रारम्भ भएको हो ।


आज बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिमा सांसदहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

यसैगरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि सदनमा दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुँदैछ ।