फाइल तस्वीर

काठमाडौँ, चैत ६ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेसका सांसद बिमलेन्द्र निधिले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको दावी गर्नुभएको छ । आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै काङ्ग्रेस सांसद निधिले यस्तो धारणा राख्नुभएको हो ।

बैठकमा बोल्दै काङ्ग्रेस नेता निधिले सङघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरू जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउँदै पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले बेहोर्दै आएको उल्लेख गर्नुभयो ।

सांसद निधिले बैठकमा बोल्दै भन्नुभयो ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले सङ्घीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ ।’
‘नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ, राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ, वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरोका छौँ । अब गणतन्त्र कसैले चाहेर फाल्न सक्दैन, विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली सङ्घीय गणतन्त्र भएको सांसद निधिले जिकिरसमेत गर्नुभयो ।

सांसद निधिले भन्नुभयो ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन’ ।