फाइल तस्वीर
काठमाडौँ, चैत ६ गते । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । समितिको बैठक चैत १० गते आइतबार दिउँसो १:०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
सो पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीद्वारा हस्ताक्षरित सूचनामा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
