राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिंदै राजदूत पूर्णबहादुर नेपाली ।
काठमाडौँ, चैत ६ गते ।
प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले आज बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनियुक्त आजासीय राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।