काठमाडौँ, चैत ६ गते । सङ्घीय संसद् अन्तर्गत रहेका विभिन्न दुई वटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
जसअन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक अहिले बिहान ८ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बुधबार बिहान १०ः४५ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई बोलाइएको छ ।