काठमाडौँ, चैत ५ गते । नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका कामकारबाही राजसंस्था पक्षधरहरुको प्रदर्शनको सन्दर्भमा गणतन्त्रवादीहरुको भूमिकालगायतका बिषयमा छलफल हुने बताइएकोे छ ।