मन्त्रिपरिषदको बैठक
काठमाडौँ, चैत ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्ति लगायत अन्य विषयमा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बसेको हो ।
नेपाल प्र्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको तीस वर्षे कार्यकाल आज सोमबारबाट सकिए पछि नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्न मन्त्रिपरिषद्ले निर्णय गर्दैछ ।
प्रहरी महानिरीक्षकका लागि मुख्य तीन जना एआइजी प्रतिस्पर्धी हुनुहुन्छ । सरकारले जेष्ठतालाई आधारमानेर बढुवा गरेमा नेपाल प्रहरीको ३१ औँ आइजीपीमा दीपक थापा नियुक्त हुनुहुने छ । उहाँका प्रतिस्पर्धीहरुमाा सुदीप गिरी र टेकबहादुर तामाङ हुनुहुन्छ ।