फाइल तस्वीर
काठमाडौँ, चैत ४ गते ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त बेचन झाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटलाई आज सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरेको हो ।

यसैगरी पूर्वगृहसचिव टेकनारायण पाण्डेको पनि बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ । पाण्डेकी श्रीमती मञ्जु पाण्डेले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले आज खारेज भएको हो । न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले उक्त रिट खारेज गरिखिएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा उनलाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो । काठमाडौँ जिल्ला अदालतले गत असार १ गते उनीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको थियो । घटनाका क्रममा पाण्डे गृह मन्त्रालयको तत्कालीन सचिव रहेको पुष्टि भएको थियो ।