फाइल तस्वीर एमालेका उपमहासचिव प्रदीप ज्ञवाली ।
काठमाडौँ, चैत ४ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार गठनको विषय बेमौसमको बाजा भएको टिप्पणी गर्नुभएको छ । एमालेको आज सोमबार दिउँसो बसेको सचिवालयको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको बताउनुभएको हो ।
अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना छैन । अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने पनि उहाँको भनाइ थियो ।