काठमाडौँ, चैत ४ गते । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिदामा बस्ने हुनुभएको छ । पाँच वर्षे कार्यकालको अन्तिम प्रहरमा रहनु भएका गभर्नर अधिकारी भोलिबाट १० दिन अनिवार्य विदामा बस्न लाग्नुभएको हो ।
५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्नुभएका अधिकारीको कार्यकाल यहि चैत २४ गते सकिँदै छ । स्रोतका अनुसार गभर्नर अधिकारी भोलिबाट अनिवार्य बिदामा बस्न लाग्नुभएकाले कार्यालयमा कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ ।
अधिकारी भोलिबाट विदामा बसेर चैत १५ गते राष्ट्र बैंकमा फर्किने र आफ्नो कार्यकालको बाँकी रहेको ९ दिनमा राष्ट्र बैंकबाट विदा लिने कार्ययोजना छ ।