फाइल तस्वीर
काठमाडौँ, चैत ४ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समिति बैठक बस्नेभएको छ । हिजो आइतबार बसेको उक्त पार्टीको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक आगामी हप्तामा बस्ने निर्णय गरेको हो ।
सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झालेलेसचिवालयको बैठकले ‘केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ, तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित नभएको बताउनुभयो । केन्द्रीय समितिको बैठकको मुख्य एजेण्डामा पार्टीको आगामी महाधिवेशनको तयारी, देशको समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको भावी नीति र योजना लगायत विषयमा छलफल हुने बताइएको छ ।
रास्वपाले यस अघि आगामी २०८२ साल वैशाखको तेस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा प्रकरणका कारण महाधिवेशनको तयारीमा केही अलमल भएको हुँदा महाधिवेशन केही समय पर धकेलिन सक्ने देखिएको छ । यद्यपि नेताहरूले निर्धारित समयमै महाधिवेशन हुने दाबी गरेका छन् ।