काठमाडौँ, चैत ४ गते । कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि ऐ.२४ गतेसम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रक पुष्पराज जोर्शीका अनुसार कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो ।