प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
काठमाडौँ, चैत ३ गते । सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफुमाथि आरोप लगाएको भन्दै ति आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको आज आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो चुनौती दिनुभएको हो ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदा सांसदहरूले मनोगत आरोप लगाएको भन्दै मन्त्री पौडेलले आक्रोश व्यक्त गर्नुभएको हो ।बताउँदै ती आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ ।
मन्त्री पौडेलले भन्नुभयो — ‘सैद्धान्तिक छलफलमा केही मनोगत आरोप लगाउने काम भयो । सांसदहरूले सदनमा बोल्दा सत्य र तथ्यका आधारमा बोल्नुपर्छ’ ।
राजश्व वृद्धिको लक्ष्य लिएर बजेट प्रस्तुत गर्दा पनि न्यूनतम आवश्यकता परिपूर्ति गर्न गाह्रो भइरहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री पौडेलले ११ हजार योजनाको कार्यान्वयन सुनिश्चितता हुने अवस्था नरहेको संसद्मा जानकारी गराउनुभएको थियो । उहाँले सदनमा विधेयक बजेट अनुशासनमा फर्किनका लागि ल्याइएको दावीसमेत गर्नुभयो ।