काठमाडौँ, चैत ३ गते । । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

साथै उहाँले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ ।