फाइल तस्वीर
काठमाडौँ, चैत ३ गते ।
प्रतिनिधिसभाको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजे काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा बस्ने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ कार्यसूची रहेको छ ।

अर्थमन्त्री पौडलले आजैको बैठकमा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

pp