काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसन्तुलन गुमाएको टिप्पणी गरेको छ । राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक एवम् पार्टी महामन्त्री डा. धवल शमशेर राणाले आज शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको बैठकमा बोल्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।
नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि माकेका अध्यक्ष प्रचण्डले ‘अत्तालिएका, सन्तुलन गुमाएको’ राप्रपाको ठहर
माकेका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएका, सन्तुलन गुमाएको’ प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको महामन्त्री राणाले जिकिर गर्नुभयो ।
पार्टीले प्रचण्डको अभिव्यक्तिको घोर भत्र्सना गर्दै ‘राप्रपा मूकदर्शक भएर नबस्ने’ दावी समेत गर्नुभएका महामन्त्री राणाले प्रचण्डलाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहो¥याउन चेतावनीसमेत दिनुभयो ।