फाइल तस्वीर
काठमाडौँ, चैत १ गते ।
सरकारको नेतृत्व गरेको संसदको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीको सचिवालय बैठक डाकेको छ । एमाले सचिवालयको बैठक चैत ४ गते दिउँसो बस्ने गरी बोलाइएको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले ४ गते बस्ने सचिवालय बैठकमा के के विषयमा छलफल गर्ने भनेर एजेण्डा बनाउन बाँकी रहेको बताउँदै देशको वर्तमान समसामयिक विषयहरु नै छलफल केन्द्रीत हुने जानकारी गराउनुभयो ।