फाइल तस्वीर
काठमाडौँ, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गर्नुभएको छ । सत्ता गठबन्धन दलहरुका शीर्ष नेताहरु रहेको उक्त संयन्त्रको बैठक अपरान्ह ५:३० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी प्रधानमन्त्रीले आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्ता गठबन्धनका मूख्य दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, जसपा नेपालसहित सरकारमा संलग्न दलका शीर्ष नेता बैठकमा सहभागी हुनुहुने छ ।

सत्ता गठबन्धन दलका एक नेताले बताए अनुसार आजको बैठकमा सरकारका काम कारवाही, प्रतिपक्षी दलहरुको विरोधसभा र राजावादी दलहरुको बढ्दो सक्रियता लगायत अन्य समसामयिक विषयमा छलफल हुने छ ।