फाइल तस्वीर
काठमाडौँ, फागुन २८ गते ।
प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज बुधबार बिहान ८ बजे अर्थ समितिको बैठक बसेको थियो भने बाँकी दुई समितिहरुको बैठक बस्दैछन् ।

बिहान बसेको अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भएको थियो ।

यसैगरी अहिले बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । उक्त बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज १ बजे बस्दै छ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्था बारेमा छलफल हुने जनाइएको छ ।