फाइल तस्वीर

काठमाडौँ, फागुन २७ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको गतिविधि, सरकारका कामकारबाही लगायत विषयमा छलफल हुने बताइएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको अनौपचारिक छलफलले वर्तमान सरकारको रवैयाका कारण प्रतिगामी शक्ति सल्बलाएको भन्दै आज बस्ने बैठकले आन्दोलनको घोषणा गर्ने निर्णय गरेको थियो ।

आज अपराह्न बस्ने बैठकले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे निर्णय गर्न सक्ने बुझिएको छ ।