काठमाडौँ, फागुन २५ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण पत्र बुझाउनुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले गत बुधबार (२१ गते) बसेको मन्त्रिपरिषद्को निर्णयानुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार बुँदामा मागेको स्पष्टीकरणको १६ पृष्ठ लामो सफाइपत्र आज आइतबार ऊर्जा मन्त्रालयमा बुझाउनुभएको हो ।

तीन दिन अगाडि मन्त्रिपरिषद्को निर्णय अनुसार ऊर्जा मन्त्रालयले उहाँलाई चार बुँदामा स्पष्टीकरण सोधेको थियो । सो पत्रको स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकिर गर्दै आज १६ पृष्ठ लामो सफाइपत्र बुझाउनुभएको हो ।
कार्यकारी निर्देशक घिसिङले १६ पृष्ठको सफाइ पत्रमा डेडिकेटेड फिडर र ट्रङ्कलाइन विवादमा मन्त्रालयको निर्देशन नमानेको, भारत–नेपाल ऊर्जा व्यापारबारे सहमतिपत्रमा गरेको हस्ताक्षर गरेको भन्ने मन्त्रालयको प्रश्नबारे ७ बुँदामा जवाफ दिनुभएको छ ।

यस्तो छ कार्यकारी निर्देशक घिसिङको सफाइपत्रको पूर्णपाठ: