कैलाली, फागुन २३ गते । आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँसमक्ष बुझाएको छ । गत आर्थिक वर्षमा आयोगले गरेका गतिविधि समेटिएको प्रतिवेदन आयोगका सदस्य सूर्यबहादुर गुरुङले आज प्रदेश प्रमुख मियाँलाई बुझाउनुभएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले आफूले उक्त प्रतिवेदन अध्ययन गरी आदिवासी जनजातिका समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।
प्रदेश प्रमु्ख मियाँसमक्ष प्रतिवेदन बुझाएपछि आयोगले धनगढीमा रहेका आदिवासी जनजातिका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा आदिवासी जनजाति नेताहरूसँग अन्तरक्रिया गरेको थियो ।