काठमाडौँ, फागुन २३ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् नयाँबानेश्वरमा केहीबेर अघिबाट सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–०८१’ पेस गर्नुहुने छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।