काठमाडौँ, फागुन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशसभालाई सम्बोधन गर्न सुर्खेत जाँदै हुनुहुन्छ । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सम्बोधन गर्न सुर्खेत जानलाग्नुभएका प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्नुहुने भएको हो ।
प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुनुहुने कार्यसूची रहेको छ ।