काठमाडौँ, फागुन २३ गते । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज शुक्रबार सङ्घीय संसद् नयाँबानेश्वरमा दिउँसो सवा १ बजे बस्ने भएको हो ।


राष्ट्रियसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

यसैगरी आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

rr