फाइल तस्वीर
काठमाडौँ, फागुन २२ गते । जनकपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । आज दिउँसो ४ बजेर ३९ मिनेटमा जनकपुरबाट काठमाडौँका लागि उडेको उडान नम्बर ५०६ को कलसाइन ९एन–एएनएज रहेको जहाज ५ बजेर ६ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अगाडिको एउटा पाङ्ग्राबिना नै सुरक्षित अवतरण भएको हो ।

जहाज अवतरणका क्रममा मात्रै अगाडिको पाङ्ग्रा नभएको थाहा भएको विमानस्थल कार्यालयले जनाएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार जनकपुरबाट काठमाडौँ उडान नम्बर ५०६ जहाज ९एन–एएनएच काठमाडौँमा सुरक्षित अवतरण गरेको र उक्त जहाजमा प्राविधिक गडबडी देखिएकोले जहाजलाई टेक्निकल टिमलाई हस्तान्तरण गरिएको छ ।