बागलुङ, फागुन २२ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व हासिल गर्न सकिने बताउनुभएको छ । अस्थिरताको दुश्चक्रबाट नेपाललाई बाहिर ल्याउन एमालेले सङ्कल्प गरेको उहाँले उल्लेख गर्नुभयो ।
नेकपा ९एमाले०ले अघि सारेको वडाकेन्द्रित पार्टी निर्माण अभियानअन्तर्गत आज बागलुङ जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पटक पटक गठबन्धन र सरकार फेरिँदा देशमा अस्थिरता आएको बताउनुभयो । अवसरवाद र सौदाबाजीका कारण देशमा सरकार टिक्न नसकेको उहाँको भनाइ थियो ।
महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) को दोष एमाले र कांग्रसले लिन नसक्ने बताउनुभयो । अहिलेको गठबन्धनले स्वार्थका लागि सरकार चलाउने परिपाटीको अन्त्य गरेको उहाँको भनाइ थियो । राजनीतिक स्थिरताका लागि ठूला दल एक हुनुको विकल्प नभएको उहाँले बताउनुभयो ।
जिल्लास्तरिय अभिमुखीकरण कार्यक्रमपछि पार्टी गतिविधि र सङ्गठन सुदृढीकरणलाई वडा हुँदै टोल तहमै पुु¥याइने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो ।