शिक्षक आन्दोलको फाइल तस्वीर ।
काठमाडौँ, फागुन २१ गते । आन्दोलतरत नेपाल शिक्षक महासङ्घ फागुनाम अन्तिम सातादेखि आन्दोलनमा उत्रने भएको छ । महासङ्घले आफ्ना मागहरु पुरा नगरेको भन्दै सरकारविरुद्ध फागुन २४ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

महासङ्घले विभिनन कार्यक्रमहरु गर्दै आएकोमा फागुन २५ गते आइतबारदेखि चरणको आन्दोलन गर्ने जनाएको छ । महासङ्घले २४ गते देशभरका शिक्षकहरूलाई काठमाडौँको माइतीघर मण्डलामा उतार्ने भएको छ ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले माइतीघर मण्डलामा हुने आन्दोलनका लागि राष्ट्रिय समितिले तोकेको सङ्ख्यामा शिक्षक कर्मचारी सहभागी हुने जानकारी गराउनुभयो । महासङ्घले देशका सबै ७७ वटै जिल्लाबाट शिक्षकहरु राजधानीको सडकमा उतार्न विभिन्न छ समूह बनाएको छ । समूह ‘क’मा रहेका जिल्लाबाट सात हजार पाँच सय शिक्षक कर्मचारी उपस्थित गराइने छ भने समूह ‘ख’ मा परेका जिल्लाबाट तीन हजार, समूह ‘ग’ मा परेका २९ जिल्लाबाट १७ हजार चार सय शिक्षक उतार्ने भएको छ ।

यसैगरी समूह ‘घ’ मा रहेका १३ जिल्लाबाट तीन हजार नौ सय, समूह ‘ङ’मा रहेका १९ जिल्लाबाट तीन हजार ७ सय र समूह ‘च’ मा परेका जिल्लाहरुबाट पाँच सय शिक्षकहरु माइतीघर मण्डलामा उतार्ने तयारी छ ।

महासङ्घले फागुन १७ गतेसम्म पहिलो चरणको आन्दोलन अन्तर्गत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्र गरेर आन्दोलनका विभिन्न कार्यक्रम गरेको थियो । फागुन २४ गते देशभरका शिक्षक कर्मचारीहरूलाई माइतीघरमा उतारेर वृहत विरोध प्रदर्शन गर्न लागेको हो ।