काठमाडौँ, फागुन २० गते । सङ्घीय संसदअन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ । आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
जसअन्तर्गत अर्थ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।