काठमाडौँ, फागुन १९ गते । सरोकारवालाले वन डढेलो नियन्त्रणका लागि अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल वन प्राविधिक सङ्घ ९एनएफए० को स्वर्ण महत्वसको अवसरमा आज यहाँ आयोजित मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन विषयक नीति संवादमा बोल्दै सरोकारवालाले अनुसन्धानले प्रथामिकता पाउन नसकेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका हुन् । वन डडेलो व्यवस्थापन कसरी गर्ने रु देखिएका समस्या र समाधानका उपाय, परिमार्जन गर्नुपर्ने नीतिलगायतका विषयमा विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको भन्दै अनुसन्धान बढाउनुपर्नेमा उहाँहरुको जोड थियो ।
संवादमा वन तथा वातावरण मन्त्रालयका सह–सचिव दिपक ज्ञावालीले वन अनुसन्धानको आधारमा ढडेलोसम्बन्धि नीति परिमार्जन गर्न नसकिएको बताउनुभयो । “डढेलो कसरी नियन्त्रण गर्ने रु किन समस्या समाधान भइरहेको छैन रु अवको दिर्घकालिन रणनीति के हुने रु भन्ने विषयमा विस्तृत अनुसन्धान गरेर नीति परिमार्जन गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो, “डढेलो व्यवस्थापनका नयाँ नयाँ प्रविधि र उपायसमेतलाई समावेश गरी नयाँ नीति परिमार्जन गर्नुपर्छ । यसलाई मन्त्रालयले गम्भिर रूपमा लिएको छ ।”
डढेलोविद् कृष्ण भुजेलले वन डढेलो व्यवस्थापनबारे अध्ययन अनुसन्धान नै कम भएको भन्दै अब यसका राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
बर्दियाका डिभिजनल वन अधिकृत विजय सुवेदीले डढेलो नियन्त्रणका लागि अग्नि रेखा बनाउनुपर्ने, सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र आगो लागेको जानकारी छिटो थाहा पाउन सकेमा नियन्त्रणमा सहज हुने बताउनुभयो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) की उपमा कोजुले डढेलो नियन्त्रणका लागि प्रविधिमा लगानी बढाउनुपर्ने र सुचनाको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।
यसैगरी प्रस्तुतकर्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सुदिप छत्कुलीले डढेलो नियन्त्रणका लागि सरकार, समुदाय र निजी क्षेत्र तथा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।