काठमाडौँ, फागुन १९ गते । सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक आज सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो

बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।