कैलाली, फागुन १६ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सामाजिक सद्भाव बढाउनका साथै राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताउनुभएको छ ।

शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको यो पर्वको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व रहेको बताउनुभएको छ ।

सन्देशमा उहाँले शेर्पा जातिको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा विकासमा टेवा पु¥याउनका साथै एकापसमा प्रेम, सद्भाव र आत्मीय भावना अभिवृद्धि गर्न यो पर्व उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ ।