फाइल तस्वीर
काठमाडौँ, फागुन १५ गते । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
गएराति फ्लाइ दुबईको उडानमार्फत् काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरिएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक राठौरले भन्नुभयो, “गएराति फ्लाइ दुबईको उडानमार्फत् काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।”
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो ।