फाइल तस्वीरः सांसद रेखा शर्मा ।
काठमाडौँ, फागुन १३ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की सांसद रेखा शर्माले लोकतन्त्र एवं संसदीय व्यवस्थामा गल्ती गर्नेप्रति खबरदारी र आलोचना गरिनु स्वाभाविक भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शर्माले सरकारले संसद्मा बलमिचाइ गरेको आरोप लगाउनुभयो । 

सांसदहरुले गल्ती गर्नेप्रति खबरदारीगर्दा संसद् र बाहिर उनीहरुलाई होच्याउने र खिसीटिउरी गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो ।

“समितिमा विचाराधीन विधेयक फिर्ता नलिएर विधेयक ल्याइन्छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीले संशोधन गर्नुहुन्छ । प्रश्नोत्तर कार्यक्रममा जवाफ दिइन्न । संसद्मा उठेका प्रश्नको जवाफ सरकारले होइन सत्तारूढ दलका सांसदहरुले दिने गरेका छन्”, उहाँले भन्नुभयो, “यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्को अधिकार प्रयोग गर्न पाउनुपर्छ । यसका लागि सभामुखमार्फत ‘रुलिङ’को माग गर्दछु ।” 

सांसद शर्माले स्वर्गद्वारी गुठी पीडित किसानका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । सम्पत्ति शुद्धीकरण मामलामा नेपाल वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को खैरो सूचीमा परेको र यसबाट बाहिरिनका लागि नेपालले गरिरहेका कामबारे संसद्लाई जानकारी गराउन समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।