नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
मोरङ, फागुन १३ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताउनुभएको छ । ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र जनताको बलले स्थापित भएको दावी गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उल्लेख गर्नुहुँदै माओवादी केन्द्रको ‘एजेण्डा’ प्रति जनताको आकर्षण बढेको जिकिरसमेत गर्नुभयो । स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
माकेका अध्यक्ष प्रचण्डले जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने उल्लेख गर्नुहुँदै आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहो¥याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।