काठमाडौँ, फागुन १३ गते । वृहत्तर शब्दकोशका लेखक तथा भाषाविद् चूडामणि गौतमको निधन भएको छ । भाषाविद् गौतमको ८२ वर्षको उमेरमा हिजो काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गौतम नेपाली भाषाको व्याकरण, वृहत्तर शब्दकोश र अङ्ग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक हुनुहुन्छ।
भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता समेत रहनुभएका उहाँ ‘ग्रामर गुरु’ भनेर प्रख्यात हुनुहुन्थ्यो । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गर्नुभएको थियो ।