काठमाडौँ, फागुन १२ गते । मानवअधिकारवादी तथा महिला सशक्तीकरणकी अभियान्ता मोहना अन्सारीलाई २०८१ सालको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार कोषका संस्थापकमध्येका हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अज्र्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ इ ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा यही फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त पुरस्कार यही फागुन १७ गते एक कार्यक्रमबीच प्रदान गरिने स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिनुभयो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
गोरखामा १९६३ सालमा जन्मनुभएका शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी दण्डपाणि अज्र्याल इतिहास, ज्योतिष शास्त्र र संस्कृतिका अध्येता हुनुहुन्थ्यो । नन्दकुमारी उहाँकी धर्मपत्नी हुनुहुन्थ्यो । उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको हो ।
विसं २०६२ मा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापनाकालदेखि राष्ट्रिय महत्वका विषयमा योगदान पु¥याउने राष्ट्रिय प्रतिभालाई सम्मान गर्दै आएको छ । यसअघि इतिहासकार ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकारद्वय तुलसीराम वैद्य र दिनेशराज पन्त, साहित्यकार डा मोदनाथ प्राश्रित, शिक्षासेवी प्रा डा सुरेशराज शर्मा, राजनीतिक विश्लेषक प्रा डा सुरेन्द्र केसीलगायतका व्यक्तिलाई सम्मान गरिसकेको छ ।