फाइल तस्वीर, सांसद माधव सापकोटा ।
काठमाडौँ, फागन ११ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रतिनिधिसभाका सदस्य माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नभएको छ । प्रतिनिधिसभाको आज आइतबारको बैठकमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था mाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताउनुभयो ।


सरकारप्रति विश्वास र भरोसा नरहेकाले देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा लिनुपर्ने भन्दै सांसद सापकोटाले सरकार सम्पूर्ण रूपमा असफल भएकोले नैतिक रूपमा प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनुभएको थियो ।