काठमाडौं, फागुन ११ गते । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा केहीबेर अघिबाट सुरु भएको हो । आजको बैठकमा मुस्लिम आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल प्रहरी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।