काठमाडौँ, फागुन ११ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

आज बस्ने राष्ट्रियसभा बैठकमा सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका केही विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।

साथै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक–२०७६ र विद्युतीय व्यापार विधेयक–२०८० टेबुल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

rr