काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय समाचार समिति (रासस) ६४औँ वार्षिकोत्सव मनाउँदै आजदेखि थप परिपक्वताको मार्गमा अग्रसर भएको छ । आज नै देशले ७५औँ प्रजातन्त्र दिवस पनि मनाइरहेको छ । यस अवसरमा सम्बद्ध सबैलाई शुभकामना दिन चाहन्छु ।
देश विदेशका निष्पक्ष तथा आधिकारिक समाचार एवं सूचना देशवासी र विदेशी माझ सहज रूपमा प्रवाह गर्न र राष्ट्रिय एकताको भावना अभिवृद्धि गरी ठोस जनमत सिर्जना गर्न मद्दत पुगोस् भन्ने हेतुले विसं २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति गठन गरियो जसलाई पछि राष्ट्रिय समाचार समिति ९रासस० मा परिवर्तन गरियो ।
नेपालमा विसं २०१६ पुस १ गते नेपाल संवाद समिति ९नेसस० नामक समाचार एजेन्सी स्थापना भयो । संस्थापकहरु हुनुहुन्थ्यो, गोपालदास श्रेष्ठ, गोविन्द वियोगी, मदन शर्मा र गणेश मानन्धर । विसं २०१७ वैशाख ३० गते नेपालमा यस्तै प्रकृतिको अर्को संस्था सगरमाथा संवाद समिति ९ससंस० स्थापना भयो । यसका संस्थापक मणीन्द्रराज श्रेष्ठ, शङ्करनाथ शर्मा र पशुपतिदेव पाण्डेलगायत हुनुहुन्थ्यो । यी दुई समाचार समितिलाई गाभेर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति बनाइयो । रासस ऐन २०१९ जारीपछि समितिले कानुनी मान्यता पायो ।
समाचार समिति अर्थात् न्यूज एजेन्सी भनेकै खासगरी आमसञ्चारका माध्यमहरु जस्तै अखबार, विद्युतीय माध्यमलाई समाचार सामग्री उपलब्ध गराउने संस्था हो । समाचार समितिको सामान्यतया आफ्नै प्रकाशन र प्रसारण गृह अर्थात् मिडिया आउटलेट हुँदैन । विश्वका कतिपय देशमा न्यूज एजेन्सीले पत्रपत्रिका, रेडियो या टेलिभिजन सञ्चालन गरिरहेका पाइन्छन् । ६४ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय समाचार समितिले आफ्ना ग्राहकलाई विशुद्ध सूचना तथा समाचार प्रदान गर्ने उद्देश्य राखेर समयको माग बमोजिम आफ्ना सेवालाई विविधिकरण गर्दै राष्ट्रिय(अन्तरराष्ट्रिय समाचार, तस्बिर, श्रव्यदृष्य, आलेख, विचार, अन्तर्वार्ता र मातृभाषामा समाचार सामग्री अनलाइनमार्फत प्रदान गर्दै आएको छ ।
परम्परागत समाचारको अर्थ अब ‘अक्षर’ वा ‘शब्द’ मा मात्र सीमित छैन । छापा माध्यम हुँदै विद्युतीय माध्यमका श्रव्य, श्रव्यदृश्य र अनलाइन, मोबाइल पत्रकारिता, पडकास्टसम्मले समाचार, समाचार सामग्री र समाचार कर्र्मका अर्थ बोकेका छन् र यी माध्यम पनि क्रमशः स्वतन्त्र विधाका रुपमा विकसित हुँदैछन् । राससलाई, न्यू मिडियाको विकाससँगै डिजिटल प्लेटफर्ममा विस्तारित हुँदै उत्पन्न भएका चुनौती र अवसरबारे, राम्रो हेक्का छ । पछिल्ला वर्षमा प्रविधिको विकासबाट समग्र सञ्चार कर्म निर्देशित हुनुपर्ने बाध्यात्मक अवस्थाको विकास भएको छ । हामी पनि यसको अपवाद हुन सक्दैनौँ ।
नेपालको एक मात्र आधिकारिक, विश्वसनीय तथा सत्यतथ्यपूर्ण समाचार एजेन्सी रासस पनि अन्तरराष्ट्रिय तस्बिर पत्रकारितासँगै एकाकार भएर हिँडिरहेको अवस्था गर्वको विषय हो । राससका सेवाहरुले राज्य र सरकारलाई आफ्ना गतिविधि जनतामाझ पुर्याउन सहज भएको छ नै आमसञ्चार माध्यमलाई पनि टेवा दिएको छ । राससले विविध नेपाली संस्कृति र विकास निर्माणका अनेक पक्षलाई समेटेर राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने तथा सर्वसाधारण जनता एवं नागरिक समाजमा आशा जगाउने काम गरिरहेको स्पष्ट छ । रासस आफ्नो यो भूमिका निरन्तर निर्वाह गर्न प्रतिबद्ध छ ।
जनताले तिरेको करबाट रासस सञ्चालित छ भन्ने कुराको हामीलाई गहिरो अनुभूति छ र यसअनुरुप जिम्मेवारी निर्वाह गर्न हामी निरन्तर तत्पर छौंँ । हामीले राज्य र सरकारहरुसँगै जनतासँग जोडिएर आफूलाई निर्देशित गर्दै सेवा विविधिकरणमा जोड दिएका छाँैं । यसैले पछिल्ला समयमा हामीले हाम्रो सामग्री सङ्कलन र प्रवाहमा सामान्य परिवर्तन गर्ने प्रयत्न गरेका छौँ र भुईं मानिसका ‘कभरेज’ लाई प्राथमिकतामा राखेका छौंँ । यसै सोचअनुसार सर्वसाधारणका विचारलाई हामीले स्थान दिने प्रयास गरेका छौंँ भने न्यू मिडियाले उपलब्ध गराएको अवसरका आधारमा हामीले श्रव्यदृश्य सेवा प्रारम्भ गरेका छौंँ, जो अहिले निकै लोकप्रिय रहेको हाम्रो बुझाइ छ । राससले पछिल्लो समयमा सञ्चार माध्यमको ‘डेडलाइन’ हुँदैन भन्ने अवधारणालाई मूर्तरुप प्रदान गर्ने क्रममा आफ्नो नेपाली समाचार सेवालाई २४ घण्टा विस्तार गरी अहोरात्र सेवा उपलब्ध गराउने जिम्मेवारी स्वीकार गरेको छ ।
राससले मातृभाषा ९अवधि, मैथिली र नेपाल भाषा० मा समाचार सम्प्रेषणको कार्य प्रारम्भ गरेर मिडियाको संरक्षण र सम्वर्द्धनका साथै स्थानीय भाषा, साहित्य र संस्कृतिको जगेर्नाका सन्दर्भमा आफ्नो जिम्मेवारी परिभाषित गरेको छ । यसैगरी राससले पछिल्लो समयमा मिडिया सङ्ग्रहालय र बुलेटिन कक्ष स्थापना गरी यी कक्ष सर्वसाधारणको अध्ययन र अनुसन्धानका लागि खुला गरेको छ र पत्रकारिता अध्ययनको दिशामा एउटा ईंटा थप्ने प्रयत्न गरेको छ ।
यतिमात्र होइन, राससले बेलाबेलामा आफ्ना ‘तस्बिर पत्रकार’ ले सङ्कलन गरेका वा खिचेका तथा राससबाट सम्प्रेषण भएका विभिन्न समयका विविध विषयका तस्बिरहरु प्रदर्शन गर्दै आएको छ । यसै क्रममा १५औँ गणतन्त्र दिवसका अवसरमा २०८० जेठ ११ गतेदेखि मसान्तसम्म ‘हाम्रो संस्कृतिस् हाम्रो सम्पदा’ शीर्षकमा ७० बढी तथा १६औँ गणतन्त्र दिवसका अवसरमा २०८१ जेठ १० देखि एक महिनासम्म ‘गणतन्त्रको उपलब्धिस् समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा करिब ९५ तस्बिर राखेर प्रदर्शनी आयोजना गर्न सफल भएका थियौँ ।
यी प्रदर्शनीमार्फत् गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने एकथरिले विकसित गर्न खोजेको भाष्य चिर्न हामी केही हदसम्म सफल रह्यौँ भन्ने हाम्रो ठम्याइ हो । यी प्रदर्शनीमा एकातिर सर्वसाधारण, प्रबुद्ध नागरिक समाज र नीति निर्माता तहमा रहेकाहरूको ठूलो आकर्षण रह्यो भने अर्कातर्फ यसैका माध्यमबाट सञ्चारजगत् र समग्र राज्यमा नै राससको उज्ज्वल छवि निर्माणमा सहयोग पुग्यो । तिनै दुई तस्बिर प्रदर्शनीलाई अभिलेखका रूपमा प्रकाशन गरी सङ्ग्रह गर्नका लागि नयाँ आयामका रूपमा ‘रासस फोटो किताबस् गणतन्त्रका १६ वर्ष’ नामक फोटो किताब पनि हाम्रो वार्षिकोत्सवका अवसरमा प्रकाशित गर्ने जमर्को गरेका छौँ ।
अहिलेको प्रविधिगत चुनौती र अवसरका बीच आगामी दिनमा राससको सेवालाई विविधिकृत गरी व्यवस्थित गर्न, पत्रकार र प्राविधिक जनशक्तिलाई नयाँ(नयाँ विषयका तालिम र अत्यधुनिक तस्बिर उपकरण उपलब्ध गराउन, सेवालाई थप गुणस्तरीय, विश्वसनीय र विविधीकरण गर्ने प्रयास जारी राखेर समग्र सेवालाई अझ भरपर्दो बनाएर सञ्चारजगत् र समग्र राज्यलाई सेवा गरिरहने वाचा पनि यस अवसरमा गर्न चाहन्छौँ ।