नेपालगञ्ज, फागुन ४ गते । नेपालगञ्ज सहरमा पर्यटन पूर्वाधारको विकास हुँदै जान थालेको छ । यहाँ सञ्चालनमा रहेका केही स्तरीय होटेलले सेवा विस्तार गरेर लगानी बढाउँदै जान थालेका छन् । नेपालगञ्जको धम्बोझीमा रहेको होटल सिटी प्यालेसले सेवा विस्तार गर्दै रु एक अर्ब बढीको लगानी गरेको छ ।

नेपाली र भारतीय पाहुनालाई लक्षित गरी चारतारे होटेललाई पाँचतारे होटेलका रुपमा विस्तार गर्न लागिएको सञ्चालक लोकेन्द्र अर्यालले जानकारी दिनुभयो । होटेलमा सुविधासम्पन्न सभाहलसहित नयाँ भवनबाट सेवा विस्तार गरिएको छ । उहाँले भन्नुभयो, “यस्तो आर्थिक मन्दीको समयमा पनि साहस गरेर होटलको सेवा विस्तार गरी पाहुनालाई थप सेवा दिन खोजेका छौँ ।”

विसं २०७२ को असारमा सुरु भएको होटल सिटी प्यालेस सञ्चालन भएको ९ वर्षको अवधिमा तीन लाख आन्तरिक र सार्क राष्ट्रका दुई लाखसहित पाँच लाखलाई आतिथ्यता दिइएको होटेलले जनाएको छ । सो होटेलमा करिब १२५ जनाले प्रत्यक्ष रोजागारीको अवसर प्राप्त गरेका छन् । 

सिटी प्यालेसको केन्द्र भाग धम्बोझीमा रहेकाले सहरको दृश्यावलोकनका लागिसमेत सहज भएको सेवाग्राहीको भनाइ छ । विगतमा भारतीय तीर्थयात्रु मानसरोवर यात्रा नेपालगञ्ज रुट हुँदै जाने गरेका थिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन पूर्वाधारको विकाससँगै पर्यटकलाई हाइकिङ, साइक्लिङलगायतका घुम्ने र मनोरञ्जन गर्ने ठाउँ आवश्यक भएकाले त्यसमा पर्यटन व्यवसायीको ध्यान पुग्नुपर्ने बताउनुभयो । 

उहाँले बाँकेमा धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै  पर्यटन प्रवद्र्धनका लागि अतिरिक्त गतिविधि आवश्यक भएकामा जोड दिनुभयो । “क्यासिनो सबैको रुचिको विषय नहुन सक्छ, त्यसैले बाँके राष्टिय निकुञ्जलाई पर्यटकको गन्तव्यका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

होटेल व्यवसायी महासङ्घका केन्दीय सदस्य भीम कँंडेलले पर्यटन पूर्वाधारको विकास बढ्दै गएकामा खुसी व्यक्त गर्दै लगानी जोखिममा रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालगञ्जमा अहिलेसम्म तारे होटेल दर्जनौँ भएको उल्लेख गर्दै साना तथा ठूला गरेर दुई हजार ५०० को हाराहारीमा होटल तथा रेष्टुरेन्ट रहेको बताउनुभयो ।