सिन्धुली, माघ ३० गते । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले प्रदेश र सङ्घको वन ऐन बाझिएकाले संशोधन गरिने बताउनुभएको छ । यहाँको रानीवासस्थित सव डिभिजन वन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले वनको संरक्षण गरी त्यसको उपयोग गर्न प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो ।
![](https://nawasancharonline.com/wp-content/uploads/2025/02/202502121747-65a07080-9e5c-4d28-80fd-6422c1f07f73_medium-1024x640.jpg)
प्रदेशसभा सदस्य मात्रिकाप्रसाद भट्टराईले कुनै पनि ऐन, कानुन बनेर मात्रै नहुने धारणा राख्नुभयो । त्यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उहाँको जोड थियो । हरियो वन नेपालको धन भएकाले यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने अर्का प्रदेशसभा सदस्य सुष्पा भुजेलले बताउनुभयो ।
जिल्लाका स्थानीय तहका प्रमुहखहरुले स्थानीय वन ऐन निर्माण हुन नसक्दा स्थानीय सरकारलाई काम गर्न समस्या भएको बताउनुभएको थियो । उक्त सब डिभिजनको भवन रु एक करोड ७९ लाख ६९ हजार आठ सय ७४ मा सम्पन्न भएको हो ।