काठमाडौँ, माघ २९ गते । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले ‘निकासी पैठारी ९नियमन० विधेयक, २०८१’ प्रस्तुत गर्नुभएको छ । सोही अवसरमा मन्त्री भण्डारीले वैदेशिक व्यापारमा आएका नयाँ अवधारणासँगै निकासी पैठारी व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउन निकासी र पैठारी हुने वस्तु र सेवाको नियमन कार्यलाई प्रभावकारी बनाउन, निकासी पैठारीसम्बन्धी कार्यलाई थप सहजीकरण गर्न विधेयक ल्याउनुपरेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढी देशको आर्थिक विकासमा सहयोग गर्न निकासी पैठारीसम्बन्धी प्रचलित कानुनलाई समयानुकूल संशोधन र एकीकृत गर्न आवश्यक भएकाले प्रस्तुत विधेयक प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्दछु ।”