काठमाडौँ, माघ २८ गते । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक आज सोमबार दिउँसो १ः१५ बजे बस्ने तय भएको हो ।
राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित “मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यसपछि “मिडिया काउन्सिल विधेयक, २०८१ पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।