काठमाडौँ, माघ २७ गते । नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने भएको हो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि तीनदिनसम्म चल्नेछ । आज आइतबारदेखि पर्सि मङ्गलबारसम्म चल्ने महाधिवेशनले ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष खुला प्रतिष्पर्धाको आधारमा छनोट हुने र उपाध्यक्ष समूहगत प्रतिष्पर्धाको आधारमा चयन हुने बताइएको छ ।
नेसपाले भारतमा रहने प्रवासी सदस्यहरूलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ । मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको बताउँदै पार्टीले महाधिवेशनमा देशभरबाट १ हजार ५ सय प्रतिनिधिको सहभागीता रहने जनाएको छ ।